सांसद् खतिवडाको मागः ‘शून्य समय’लाई ‘सुन्ने समय’ बनाइयोस्

सांसद् खतिवडाको मागः ‘शून्य समय’लाई ‘सुन्ने समय’ बनाइयोस्

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस सांसद् रामहरि खतिवडाले संसदमा उपलब्ध ‘शून्य समय’को नामाकरण परिवर्तन गर्न माग गरेका छन् । 

प्रतिनिधि सभामा धारणा राख्दै सांसद् खतिवडाले ‘शुन्य समय’लाई ‘जिरो समय’का रुपमा बुझिएको हुँदा यसको नाम नै बदल्न आवश्यक रहेको बताए । ‘शून्य समय’को ठाउँमा ‘मन्त्रीले सुन्ने समय’ राखिनुपर्ने उनको माग छ । 

संसदमा उनले भने, ‘शून्य समयलाई ‘जिरो समय’का रुपमा बुझियो । बिषय त्यस्तो होइन । यसको नामाकरण परिवर्तन गरियोस् । यसको ठाउँमा ‘मन्त्रीले सुन्ने समय’  राखियोस् । नत्र यो समय ‘जिरो’ नै भएर जाने भयो । यसमा सबैको ध्यान पुगोस् ।’

साथै, उनले संसदीय सुनुवाई समितिले पूर्णता नपाउँदा प्रधानन्यायधीश नियुक्ति प्रकृया रोकिएकोमा बिरोध जनाए । उनका अनुसार प्रधानन्यायधीश नहुँदा मुलुकभर १ लाख ६८ हजार मुद्दा थाति रहेको छन् । त्यसो हुँदा विलम्ब नगरी प्रधानन्याधीश नियुक्त गरिनु पर्ने उनको माग छ । 

Skip This
Skip This
Logo