जनता समाजवादी पार्टीकी सांसद मञ्जु शर्मा अन्सारीले सरकारले नागरिकता विधेयकबारे प्रष्ट नीति लिन नसकेको टिप्पणी गरेकी छिन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागि हुँदै सांसद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकबारे गोलमटोल नीति लिएको आरोप लगाएकी हुन् ।
‘नागरिकता विधेयकबारे अस्ति प्रधानमन्त्रीको बोली जुन सुनियो त्यसमा गोलमटोल जस्तो लाग्यो । नेपालमा जन्मिएर पनि नागरिक हुन नसकेको/नपाएको कस्तो विडम्बना हो यो देशमा ?’ उनले भनिन् ।
नागरिकता बिना गोडासमेत सार्न अप्ठ्यारो हुने अवस्था रहेको भन्दै सांसद शर्माले सरकारको ध्यानाकर्षण गराएकी छन् ।





























प्रतिक्रिया