राष्ट्रियसभाबाट सरकारकाे नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाबाट सरकारकाे नीति तथा कार्यक्रम पारित

केन्द्रबिन्दु
0
Shares

सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
 
बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राखेकाे संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । 

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेकाे  जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ । 

Skip This
Skip This
Logo