अर्थमन्त्री प्रकाश शरण महतले मन्त्रिपरिषद्का सदस्यहरूलाई बजेट निर्माणका सन्दर्भमा ब्रिफिङ गर्दैछन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान ८:३० बजे बोलाइएको बैठकमा अर्थमन्त्री महतले ब्रिफिङ गर्न लागेका हुन्।
ब्रिफिङ लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ९ः३० बजे शपथग्रहण समारोहका लागि शीतल निवास जानेछन् भने ११ बजे प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनेछन्।




















