‘एमालेलाई जर्बजस्ती मुछेको’ भन्दै महेश बस्नेतको आपत्ति, अनुसन्धानमा तेर्साए १६ प्रश्न!

‘एमालेलाई जर्बजस्ती मुछेको’ भन्दै महेश बस्नेतको आपत्ति, अनुसन्धानमा तेर्साए १६ प्रश्न!

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन्।भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन्।

हाल पक्राउ परेका बालकृष्ण खाणसहित उनकी श्रीमती मञ्जु खाण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्बजनिक हुँदासम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरुलाई भने रकम दिएको भन्दै बयान दिएपछि बस्नेतले त्यसबारेमा प्रतिवाद गरिने जनाएका हुन्। उनले सो बयानपछि १६ वटा बुँदा (प्रश्न) अगाडी राखेका छन्। 

यस्ताे छन् उनले सामाजिक सञ्जालमा राखेका बुँदा: 

१- आज एकजना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्री बीच भेटघाट भएको छ। परिआए आइ जी पी फेरेर भएपनि उहाँलाई आई जी पी बनाएर भएपनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने योजना बनेको छ।

२-गृहमन्त्रीसँग समेत भएको भेटमा वर्तमान आइजीपीलाई पनि यही केसमा फसाएर भएपनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओबादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन्।

३- केशब दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बर्जाचार्य र प्रेम राईलाई टोप बहादुर रायमाझीको पी ए लिला जी सी मार्फत पैसा दिएको जबर्जस्ति बयान गराइएको थियो।

४- केशब दुलाल र लिला जी सी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए।

५- तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन्।

६- प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाण गिरफ्तार छन् तर मन्जु खाण र आरजु देउवा छानबीनको दायरामा राखिएको छैन।

७- तिनै केशब दुलाललाई आज प्रहरिले पून:सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता राम बहादुर थापा,राजेश बर्जाचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए।

८- उनी र सन्देश शर्मालेनै अडियोमा नाम लिएका आरजु र मन्जुलाई बचाएर बयान दिएका छन्।

९- निज केशब दुलालले नै पुलिसको बयानमा कुनै भी आई पी चिन्दिन पिडित भनिएका कसै संग पैसा लिएको छैन, कसैलाई पैसा दिएको छैन म आफु र केही साथी अमेरिका जान खोजेका हौँ भनेका छन्।

१०- सरकारि वकिलको कार्यालयमा उनले दिएको बयानमा बिभिन्न ब्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन्।

११- आफु अमेरिका जान खोजेको कसैसँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भब छ।

 १२- केशब दुलाल काँग्रेसको नेता हुन्। उनको ब्याकग्राउण्ड तल उल्लेख छ।

१३- जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पुर्व मन्त्री खाण र पुर्व सचिबहरुलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन्।

१४- देउबाले आज दिउँसो आफु निकटको ब्यक्तिहरुलाई ढुक्क हुनु खाण फस्दैनन् सबै सेटिङ्ग गरिसकेको छु भनेका छन्।

१५- बयानमा खाण लगायतलाई बचाउने नियत प्रष्ट छ। खाणमार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले हिजोको कार्यक्रममा भाषण गर्दा यो कुराको संकेत गरेका थिए।

१६- रविको पासपोर्टको बिषयमा मुद्दा नचलाउने निर्णय गर्ने महान्याधिबक्ता दिनमणी पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ। यस्ता षडयण्त्र चिर्न जरुरि छ र प्रतिबाद गरिनेछ ।

घेराबन्दी तोडिएको हो र तोडिनेछः

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख नाइके मध्येका एक केशव दुलाल। जो कांग्रेसका नेता हुन्। गएको आम निर्वाचनमा उम्मेदवारको दाबेदार थिए।दुलाल २०५७ सालमा नेपाल विद्यार्थी संघ मोरङको सचिव थिए।

पछि नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत भए। कांग्रेसको विभिन्न समितिको नेतृत्वमा रहेर काम गरे। दुलाल कांग्रेसको गत महाधिवेशनमा मोरङ क्षेत्र नं. ३ को सभापतिमा उम्मेदवार थिए। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला (स्वर्गीय) का छोरी सुजाता कोइरालाका विश्वासपात्र हुन्। सुजाता उपप्रधान एवं परारष्ट्रमन्त्री हुँदा उनको सचिवालयको कमाण्डर थिए।

उनैले योजनाबद्ध रुपमा नेकपा (एमाले)सँग जोडिएकाहरुलाई बदनाम गर्ने गरी वयान दिएका छन्। कथित वयान भनिएको एमालेविरुद्धको कथा आवश्यकता अनुसार प्रहरीका एक एआइजीले बयानको अंश छानी-छानी सञ्चार माध्यमहरुलाई उपलब्ध गराइरहेका छन्। अनि हाम्रा सञ्चार माध्यमहरुले उही कथालाई तथ्य जसरी प्रकाशन गरीरहेका छन्। यो स्तरको राज्य संरक्षित प्रोपोगान्डा इतिहासमा पहिलो हो।

Skip This
Skip This
Logo