सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रतिपक्षी दलका नेता र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता हो।
मुख्यमन्त्री टोलीले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको हो। भेटवार्तामा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।































प्रतिक्रिया