शरणार्थी प्रकरणले जसलाई छोएको छ, त्यसमाथि फेयर अनुसन्धान हुनुपर्छः गगन थापा

शरणार्थी प्रकरणले जसलाई छोएको छ, त्यसमाथि फेयर अनुसन्धान हुनुपर्छः गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले आफ्नै मान्छे तानिने हो कि भन्ने लाग्न थालेको उल्लेख गरेका छन् ।  उनले अनुसन्धान कसरी भइरहेको छ सबै नागरिकले हेरिरहेको भन्दै जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको अनुसन्धान गरेर कानूनी दायरामा ल्याउनु पर्ने बताए । 

उनले भने, ‘भुटानी शरणार्थी प्रकरण हाम्रो अगाडि यसरी आएको छ, यो विषयलाई राम्रो तरिकाले टुङ्गायो भने सरकारको वाचा पूरा हुन्छ। अहिले जसरी नामहरु आउँन थालेको छ । यो एकप्रकारको लाज पनि पचाएको जस्तो छ । को को परेको को को नपरेको सुन्दा सुन्दै अलिपछि जाँदा आफ्नै वरिपरिको, देखिरहेका मानिसहरु पनि तानिदैँ जाने हो कि भनेर जस्तो लागेको छ तर यसमा सरकारको परीक्षा हेर्नुस । अनुसन्धान कसरी भइरहेको छ सबै नागरिकले हेरिरहेका छन् । चाहे त्यो सलाम गर्ने मान्छे होस् त्यो सलामी लिने मान्छे होस्, जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको फेयर अनुसन्धान हुनुपर्छ ।’ 

Skip This
Skip This
Logo