बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो । 

मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ, ‘वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित् सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
 

346131858_951940082592417_5137929601622044611_n

Logo