रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना भएको छ। बिहिबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाईते हुन पुगेका छन्।
सानीभेरी गाउँपालिका-५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो।
सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका-८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ। दुर्घटनामा परेर आठ जना घाइते भएका छन्।
उनीहरुलाई उद्धार गरेर उपचारको पठाइएको छ।दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ।































प्रतिक्रिया