टेकनारायण पाण्डेले एसएसएसमार्फत बिचौलिया दुलालसँग यसरी मिलाउँथे सेटिङ [विवरणसहित]

टेकनारायण पाण्डेले एसएसएसमार्फत बिचौलिया दुलालसँग यसरी मिलाउँथे सेटिङ [विवरणसहित]

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया केशव दुलाल र गृहमन्त्रालयका पूर्व गृहसचिव टेकनारायण पाण्डेबीच रकम लेनदेनको बिषयमा एसएमएस(सर्ट मेसेज सर्भिस)मार्फत पनि बाक्लो कुराकानी हुने गरेको देखिएको छ । 

सरकारी वकिल कार्यालय काठमाडौंले तयार गरेको प्रतिवेदनमा उल्लेखित एमएमएस अनुसार बिचौलिया दुलाललाई सचिव पाण्डेले क्याम्पभित्र र बाहिर रहेका नेपालीलाई शरणार्थी बनाउन आश्वास्थ तुल्याउँदै गरेको देखिन्छ । यसका लागि यूनसिएचआरसँग बैठक बस्ने र त्यसपछि सबै काम हुने जानकारी एसएमएसमार्फत पाण्डेले दुलाललाई दिएका छन् । 

यस बापत पाण्डेले मन्त्रीको हवाला दिँदै दुलालसँग गिफ्ट(रकम) माग गरेका छन् । र, दुलालले पनि रकम लिएर आएको बताएका छन् । प्रहरीसँगको बयानमा समेत दुलालले पाण्डेलाई मन्त्रालयमा नै गएर एक करोड २४ लाख ५० हजार रुपैयाँ बुझाएको बताएका छन् । 

त्यस्तै, पाण्डेले प्राप्त रकम बिभिन्न मितिमा एभेरष्ट र हिमालन बैंकस्थित निजी खातामा लगेर जम्मा गर्ने गरेको देखिन्छ । उनले आफ्ना सुरक्षा गार्ड धर्मराज शाहीमार्फत बैंक जम्मा गराउँथे । यसक्रममा उनले पटकपटक गरेर ८४ लाख ९४ हजार ९८ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट देखिएको छ ।   

यस्तो छ, दुलाल र पाण्डेबीच भएको एसएमएस कुराकानी-

१८ अपिल ०२२
केशव – सर पन्थी सरले कस्तो राय दिनभयो ? 
टेकनारायण –डिटेल कुरा भो । अब यूनसिएचआरसँग मिटिङ छ । अनि थप कम हुन्छ । 
केशव– छुट भएको हक कसरी हुन्छ हजुर ? 
टेकनारायण –मिलाउँछन् । 
केशव –क्याम्पमा नभएकाको हक ? 
टेकनारायण– ठिक छ मिलाउने हो ।
केशव– सर आउट वा क्याम्प रिफ्यूजी क्याण्डिडेटलाई एप्लीकेशन कहाँ दिन लगाउने हजुर ? 
टेकनारायण– छलफल हुँदै छ 

३१ मे ०२२
केशव– प्रमोद शर्मा मन्त्रीसँग नजिक छन हजुर, टेकनाथ रिजाललाई हाम्रो डिसिजन बिना हुन्न भन्दै थिए रे ।
टेकनारायण– प्रमोद चिन्छु, मन्त्रीज्यूको सामान रेडी भएन ?
केशव– भोली रेडी हुन्छ जस्तो छ हजुर ।
टेकनारायण– मन्त्री ज्यूलाई म भेट गराउछु 
केशव– भोली फाइनान्सिय एरेन्ज भएपछि हजुरमार्फत भेट्ने हो हजुर
टेकनारायण– हस 

२ जुन ०२२ 
केशव – सर नमस्ते मन्त्री ज्यूसँग कति बजे टाईम भयो हजुर
टेकनारायण– मन्त्रीज्यूको गिफ्ट ल्याएनौ ? 
केशव– ओके, गेटमा हजुर तल भन्दिनु ।
टेकनारायण– मन्त्रालय गेट हो नी ? 
केशव– हजुर 
टेकनारायण– ल भन्या छु गिफ्टमाथि लिएर आउनु । गिफ्ट कहाँ छ सँगै लिएर आउनु । 

Logo