नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलित

नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भिर मोडमा पुगेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।

९२ प्रतिशत सरकार र ८ प्रतिशत कर्मचारी तथा सर्व साधारणको शेयर रहेको टेलिकममा बाह्य हस्तक्षेप आन्तरिक ढिलासुस्तीका कारण समस्या उत्पन्न हुन थालेको कर्मचारीहरुको भनाई छ । समय अनुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यवसायीक क्षमता अभिवृद्धि तर्फ समेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक संकेत देखिन थालेको नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले बताए । पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा संकुचनको अवस्था आएको र सरकारले मोबाइल सेवाको नविकरणमा विभेद गरेको उनले बताए ।

०७६ साल माघमा नै फोरजी सेवाको काम सक्नु पर्ने भए पनि अहिलेसम्म ६० प्रतिशत मात्रै भएको, एफटिटिएच सेवाको २ लाख १९ हजार लाइन वितरण गर्ने लक्ष्य भए पनि अहिलेसम्म ५० हजार मात्रै वितरण भएको, ठूलो रकम खर्च गरी भित्र्याएको इन्टरनेशनल ब्याण्डविथ तथा लिज लाइन पादरर्शी नबनाई नीजि सेवा प्रदायकलाई पोस्ने माध्यम बनाइएको भन्दै ट्रेड युनियनमा आवद्ध कर्मचारीहरु संयुक्त संघर्ष समिति बनाएर आन्दोलित भएका हुन् । नविकरण दस्तुर वैज्ञानिक बनाउनु पर्ने, संस्थाको आन्तरिक सवलीकरणका लागि कम्पनी पुनर्संरचना गर्नुपर्ने र वृत्ति विकासको अवसर रहने गरि लागू गर्नुपर्ने माग उनीहरुको छ ।

Skip This
Skip This
Logo