विद्यालय जाने क्रममा जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

विद्यालय जाने क्रममा जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा  त्यसमा सवार  एक महिलाको  मृत्यु भएको छ । 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । 

जीपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं को जीपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो । 

शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउँथिन् । उनलाई विद्यालयमा  जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

Logo