शुक्रबार राजधानीमा किसानहरुको जुलुश र सभा हुने

शुक्रबार राजधानीमा किसानहरुको जुलुश र सभा हुने

केन्द्रबिन्दु
0
Shares

कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन सरकारलाई खबरदारी गर्ने उद्देश्यले शुक्रबार राजधानीमा जुलुश तथा आमसभा हुने भएको छ । 

नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस एवं आमसभा हुने भएको हो ।

जुलुश दिउँंसो १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ । जुलुशमा सहभागी भई ऐक्यवद्धता जनाउन सम्पूर्ण वास्तविक कृषक, न्यायप्रेमी जनता, विद्यार्थी, शिक्षक, बुद्धिजीवी तथा पत्रकारहरुमा सादर आह्वान गरिएको छ ।

Logo