काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू पनि नजान्ने अरुको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका छन् ।
राजधानीमा भएको एक कार्यक्रमममा बोल्दै डा. भट्टराईले संकटको बेलामा पनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताएका हुन् ।
जनताको जीवन र देशको अर्थतन्त्रमा खेलवाड भइरहेको उल्लेख गर्दै उनले भने, ‘‘उत्तम मान्छे आफ्नै विवेकले बुझ्छ । मध्यम मान्छेले अर्कोले भनेको मान्छ । ‘अधम’ मान्छले आफूले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन । म चाहीं हाम्रा शासकलाई अधमको कोठीमा राख्न चाहान्छु किनकी यस्तो संकटको बेलामा शासन सत्तामा बस्ने मान्छेको आफ्नै किचलो र झै झगडा, सत्ताको भागवण्डामा महिनाैँ बर्वाद गरिरहेको छ । देश र जनताको जीवनमाथि खेलवाड गरिरहेको छ ।’’
जनता समाजवादी पार्टीका नेता भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेट मार्फत कुनै ठोस कार्यक्रम नल्याएको बताए । कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी तथा श्रमिकका लागि कुनै पनि राहतका कार्यक्रम सरकारले ल्याउन नसकेको उनले बताए ।































प्रतिक्रिया