मनाङमा करेन्ट लागेर युवकको मृत्यु

मनाङमा करेन्ट लागेर युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मनाङ ङिस्याङ गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भएका २७ वर्षीय योग छिरिङ तामाङको मृत्यु भएको हो।

गाउँपालिका–४ को हुम्डेमा ट्र्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा हातले बिजुलीको नाङ्गो तारमा छोइँदा करेन्ट लागेर तामाङ गम्भीर घाइते भएका थिए।

जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक पुष्कल कार्कीले जानकारी दिए।लत्रिएको बिजुलीको तारमा छोइँदा उनलाई करेन्ट लागेको कार्कीले जानकारी दिए।

Logo