एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालले स्थानीय तहका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिने भएको छ। पार्टीको केन्द्रीय स्कूल विभाग र स्थानीय विकास विभागले आयोजनामा गरेको अनुशिक्षणमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी करीब ४ सय जनाको सहभागिता रहने छ।

स्थानीय तहको बजेट निर्माण गर्ने समयमा एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो।

तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा विहान साढे १० बजे सुरु हुने उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। साथै पार्टीका नेताहरू र विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिइनेछ ।

Skip This
Skip This
Logo