नेपाल राष्ट्र बैंङ्कले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार यो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले निजी क्षेत्रको कर्जा बिस्तार लक्ष्य २० प्रतिशत राखेको छ । गत बर्ष १३ प्रतिशत हाराहारी मात्र निजी क्षेत्रमा कर्जा विस्तार भएको थियो ।
त्यस्तै, कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैक बनाइने गभर्नर अधिकारीले बताए । सीआआर, एसएलफ र बैंक दर ५ प्रतिशत यथावत राखिएको छ । बैंकले कृषि ऋणपत्र पनि जारी गर्न पाउनेछन् । त्यस्तै, जलविद्युतमा विशिष्टीकृत काम गरिरहेका बैंकलाई उर्जा ऋणपत्र जारी गर्न दिइने छ ।
कोरोना भाइरसको अन्त्य नभएसम्म एक बैंकको एटीएमबाट अर्को एटीएमको पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।
पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्































प्रतिक्रिया