‘अलि अलि’मा लक्ष्मण र कामनाको अन्स्क्रिन प्रेम [भिडियोसहित]

‘अलि अलि’मा लक्ष्मण र कामनाको अन्स्क्रिन प्रेम [भिडियोसहित]

केन्द्रबिन्दु
0
Shares

लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक गीत ’अलि अलि’को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।  

युवा प्रेम र आकर्षणको भावनालाई समेटिएको यस गीतमा शब्द किशोर पोखरेलको रहेको छ भने संगीत सरोज पोखरेलको रहेको छ । गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्। जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मण पुन लक्स र कामना फगामी मगरबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ ।  

गोविन्द विष्टले छायाँकन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सले सम्पादन गरेका हुन् । मिंग्मा शेर्पा सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो । भिडियो 'बेजिला फिल्म्स'को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।  

 

Skip This
Skip This
Logo