नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले अहिले सरकार बैदेशिक शक्तिको घेराबन्दीमा परेको दावी गरेका छन् ।
शनिवार प्रेस सेन्टर नेपालको १९औं साधारण सभा र २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहमा प्रवक्ता महराले अहिले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत घेराबन्दीमा पारिएको दावी गरेका हुन्।
उनले भने,‘अहिले हाम्रोविरुद्ध बैदेशिक शक्ति पनि घेराबन्दीमा लागेको देखिन्छ । त्यसैले अनुरोध गर्छु, घेराबन्दीको विरुद्धमा अगाडि बढ्नका लागि दृढ संकल्प गर्नुहोस् । हाम्रो पार्टीको र अध्यक्षलाई गरिएकोका घेराबन्दीको बिचमा अगाडि बढ्न दृढ रहनुहोस् ।’
प्रवक्ता महराले पार्टीमा गुटबन्दीलाई मान्यता नदिने भन्दै नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिने टिप्पणी गरे ।
उनले भने, ‘पार्टी केही विग्रिएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । केहि मात्रामा विग्रिनुका प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइँदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिन्छ ।’































प्रतिक्रिया