नेकपा एमालेका सांसद गंगा प्रसाद यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्दा खिल्ली उडाएको रेल र पानीजहाजको कुरा आज सरकारले नीति तथा कार्यक्रममा राखेको बताएका छन् ।
शनिवार प्रतिनिधि सभाको बैठमा सांसद यादवले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘हाम्रो पार्टीको श्रद्धेय अध्यक्षले नेतृत्व गरेको बेला एमालेले विकास र निर्माणमा लिएको निर्णयमा त्यो खिल्ली उडाईयो तर रेलको पानीजहाजको कुरा तर आज नीति तथा कार्यक्रममा ती कुरा समावेश भएर आएको देखिरहेको छु । त्यसैले अरुको कुरा काट्ने प्रवृति अन्त्य गर्नुपर्छ ।’
सांसद यादवले नेपाल कृषि प्रधान देश भन्ने तर कार्यक्रममा कृषिलाई नसमेटिएको भन्दै आपत्ति जनाए ।































प्रतिक्रिया