प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई एक पाखे हुन नदिने गरि आफुले प्रभावकारी भूमिका खेलेको दाबी गरेका छन् ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख र उपसभामुखको निर्वाचनमा समेत आफूले राजनीतिक सन्तुलन कायम गरेको दावी गरेका हुन् ।
‘मैले प्रधानमन्त्री बनेपछि चाहे राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कुरा होस् चाहे सभामुख र उपसभामुखको निर्वाचनको विषय होस् त्यसमा पनि कहीं न कहीं राजनीतिक दलहरुको बीचमा के गरेर सन्तुलन कायम होला भन्ने कुरालाई विचार गरेको छु भन्ने मेरो दाबी हो ।’ उनले भने ‘यो सदन र यसको नेतृत्व एक पाखे नहोस् भन्ने कुरालाई मैले विचार गरेर नै सबैलाई एक ठाउँमा ल्याउने उद्देश्यका साथ यो काम गरिएको थियो ।’
प्रधानमन्त्री प्रचण्डले अहिले पनि राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति आवश्यक रहेको बताए । नीति तथा कार्यक्रम मार्फत पनि राष्ट्रिय सन्देश दिन जरुरी रहेको पनि उनको भनाइ थियो ।































प्रतिक्रिया