जयन्ती सुनुवार बनिन् ‘मोटोगर्ल टु द सिन्धुलीगढी’ रेस विजेता

जयन्ती सुनुवार बनिन् ‘मोटोगर्ल टु द सिन्धुलीगढी’ रेस विजेता

केन्द्रबिन्दु
0
Shares

‘इन्टरनेसनल फिमेल राइड डे’को अवसरमा महिला मोटरसाइकल -याली  मोटोगर्ल टु द सिन्धुलीगढी (MOTOGIRLS TO THE SINDHULIGADHI) सम्पन्न भएको छ। गत मे ६ अर्थात बैशाख २३ गते सम्पन्न सो -याली काठमाडाैँस्थित नेपाल टुरिजम बोर्डबाट शुरु भई सिन्धुलीगढीमा समापन भएको थियो।

-यालीमा सहभागिहरुलाई सिन्धुलीगढी युद्ध संग्रहालयले खादा ओढाई स्वागत गरेको थियो भने सिन्धुली कलाघरमा पनि लोकबाजा सहित खादा ओढाई स्वागत गरिएको थियो। -याली व्यवस्थापन तुलसा पहाडीको संयोजकत्वमा भएको थियो।

 -याली नेपाल टुरिजम बोर्ड, काठमाडौँदेखी सुरु भएर भक्तपुर, बनेपा, धुलिखेल, खुरकोट हुँदै सिन्धुली कलाघरको अवलोकन पश्चात सिन्धुलीगढीमा टुगिंएको हाे।

कार्यक्रममा स्लो रेस प्रतियोगिता पनि भएको थियो। जसमा स्टन्ट राइडर जयन्ती सुनुवार (कुन्ची) विजयी भएकी थिइन्। स्लो रेस विजेतालाई नासा नेपालको तर्फबाट UN Standard Safe Helmet प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ।

Skip This
Skip This
Logo