सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले हिमाल आरोहण अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताएकी छिन् ।
पहिलो हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा मन्त्री शर्माले हिमाल आरोहणबाट आर्थिक विकास गर्न सकिने भन्दै हिमालको व्यापक प्रचार आवश्यक भएको बताएकी हुन् ।
उनले भनिन्,‘अहिले एकजना व्यक्तिले हालेको भिडियोको आधारमा धेरै मानिसहरु धुम्न जाने बाटो बन्ने अवस्था सिर्जना भएको छ । हिमाललाई पनि प्रचार गर्न सक्ने हो भने यसबाट पनि फाईदा लिन सकिन्छ । र प्रविधिको प्रयोबाट यो सम्भव भएको छ।’
एउटा भिडियोले पनि प्रचारप्रसारमा राम्रो भूमिका खेलेको भन्दै उनले त्यसतर्फ लाग्न सबैलाई अनुरोध गरिन् ।
उनले भनिन्, ‘हिमाल आरोहण अर्थतन्त्रको महत्वपूर्ण आधार पनि हो, अहिले देशमा आर्थिक संकट छ, त्यसकारण हिमाल आरोहणलार्ई कसरी व्यापक प्रचार प्रसार गर्ने, कसरी यसलाई अगाडि बढाउने पर्यटकीय हिसाबले कसरी गर्ने भन्ने विषयमा नेटवर्कको राम्रो व्यवस्थापन गर्न सकियो भने सबै मान्छे हिमाल चढ्न नसकेपनि त्यस्तो स्थानको भिडियोहरु बनाएर हामीले पर्यटकिय क्षेत्र बढाउन सक्छौँ जस्तो लाग्छ ।’
बेस क्याम्पसम्म नेटवर्क र सरसफाईको धेरै समस्या देखिएको भन्दै उक्त समस्या समाधानको लागि सरकारको तर्फबाट प्रयासहरु भइरहेको पनि बताइन् ।































प्रतिक्रिया