प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रमका दिन दिएको अभिव्यक्ति विवादित बनेको छ । प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मस्थल भारतमा नभएर नेपालकै अयोध्यामा भएको अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिको अहिले भारतमा पनि विरोध भइरहेको छ । त्यसको मार भारतमा रहेका नेपालीहरुले भोग्न बाध्य भएका छन् । वाराणासीमा एक विश्व हिन्दू सेनाले नेपालका युवकको शिर मुण्डन गरेर शिरमा श्रीराम लेखिदिएका छन् ।
उनीहरुले नेपाली युवकलाई दुर्व्यबहार गर्दै भारतको समर्थनमा जबर्जस्ती नारा लाउन लगाएका थिए । त्यस्तै नेपालका प्रधानमन्त्री ओलीको विरुद्धमा पनि नाराबाजी गर्न लगाएका थिए । हिन्दूवादी संगठनका मानिसहरुले प्रधानमन्त्री ओली मुर्दाबाद जस्ता नारा लगाएका थिए ।
अहिले उक्त भिडियो सोसल मिडियामा भाइरल बनेको छ ।
प्रमको राम र अयोध्याबारेको अभिव्यक्ति पश्चात भारतमा रहेका नेपाली युवा माथी हिंदूवादी संगठन विश्व हिंदू सेनाले कपाल खौरेर तालुमा जय श्री राम लेखेर अत्याचार गरेछन।
यस्तो कार्य कुनै पनि हालतमा सहन सकिदैन !
तुरुन्तै कदम चालियोस !@PM_Nepal @PradeepgyawaliK @nilacharya pic.twitter.com/f8NJXFCim4— Abhishek Raj Singh (@seeuabhishek) July 17, 2020































प्रतिक्रिया