सिटिजन्स म्युचुअल फन्डको वित्तीय विवरण सार्वजनिक

सिटिजन्स म्युचुअल फन्डको वित्तीय विवरण सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाहरुको वैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ६० करोड ११ लाख रुपैयाँ लगानी भएको छ। गत चैतसम्म यस्तो लगानी ७० करोड ३९ लाख रुपैयाँ थियो। वैशाखमा यो योजनाको कुल व्यय २ करोड ९२ लाख रुपैयाँ रहेको छ। गत चैतमा कुल आय ४३ लाख १८ हजार रुपैयाँ थियो।

यसैगरी वैशाखमा सिटिजन्स म्युचुअल फन्ड–२को न्याभ पनि घटेर ९.३२ रुपैयाँ कायम भएको छ। गत चैतमा यो योजनाको न्याभ ९.८३ रुपैयाँ थियो। यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४९ करोड ५९ लाख रुपैयाँ लगानी भएको छ। गत चैतसम्म यस्तो लगानी ५० करोड ९४ लाख रुपैयाँ थियो।

वैशाखमा यो योजनाको कुल व्यय ३ करोड २१ लाख रुपैयाँ रहेको छ। गत चैतमा कुल नाफा ५६ लाख १५ हजार रुपैयाँ थियो।

Skip This
Skip This
Logo