राजनीतिक निकासका लागि रेशम चौधरीलाई रिहाई गरियाेः मन्त्री लिम्बू

राजनीतिक निकासका लागि रेशम चौधरीलाई रिहाई गरियाेः मन्त्री लिम्बू

केन्द्रबिन्दु
0
Shares

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देशलाई राजनीतिक निकास दिन रेशम चौधरीलाई रिहाई गरिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै मन्त्री लिम्बूले मुलुकलाई निकास दिन चौधरीको रिहाई आवश्यक रहेको बताएका हुन् । उनले थरुहट आन्दोलनमा चौधरीको संलग्नता महत्वपूर्ण भएको भन्दै सोही आधारमा सरकारले निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार पूर्ववर्ती सरकारले चौधरीको रिहाई प्रकृया अघि बढाएको हुँदा वर्तमान सरकारले सोही प्रकृयाको कार्यन्वयन मात्रै गरेको हो । तर, घटनामा ज्यान गुमाएका परिवारको सदस्यलाई भने चौधरीको रिहाईले दुःख पुगेको मन्त्री लिम्बूको भनाई छ ।

Skip This
Skip This
Logo