सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले संस्थापक समूहको १ लाख ८ हजार कित्ता सेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जो कोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य २३७ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नु पर्ने छ।
बोलपत्र पेस गर्दा न्यूनतम १ सय कित्ता र अधिकतम माथि उल्लेखित सम्पुर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि यही जेठ २३ गतेसम्म बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलको काठमाडाैँको ट्रेड टावर नेपालमा कार्यालयमा आवेदन पेस गर्न सकिनेछ।





























प्रतिक्रिया