एसेम्बल उद्योगका लागि तोकिएको अन्तःशुल्क यथावत राख्दा व्यवसायीलाई राहत

एसेम्बल उद्योगका लागि तोकिएको अन्तःशुल्क यथावत राख्दा व्यवसायीलाई राहत

केन्द्रबिन्दु
0
Shares

सरकारले सवारी साधन एसेम्बल गर्नका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने अन्तःशुल्कलाई यथावत राख्ने भएको छ । 

सरकारले सोमबार ल्याएको बजेटमा सवारी साधन एसेम्बल गर्नका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने अन्तःशुल्कलाई यथावत अर्थात ५० प्रतिशत नै कायम राखेको जानकारी गराएको हो । योसँगै व्यवसायीहरुले राहत महसुस गरेका छन् । 

सरकारले आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन विधेयकमार्फत नेपालमा सवारी साधन एसेम्बल गर्ने उद्योगका लागि ५० प्रतिशत अन्तशुल्क छुट दिने घोषणा गरेको थियो । यो भन्दा पहिले २५ प्रतिशत छुट उपलब्ध भएकोमा पछि यो छुट बढाइएको थियो । सो छुट कटौती हुन नदिन यसअघि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारको ध्यानाकर्षणसमेत गराएको थियो ।

अब अनएसेम्बल अवस्थाका सवारी साधन ल्याउँदा ५० प्रतिशत छुट उपल्ब्ध हुनेछ । नेपालमा एसेम्बल उद्योग खोल्ने क्रम जारी छ । केही दिन पहिले मात्र काठमाडौंको बुढानीलकण्ठमा विद्युतीय सवारी उत्पादनका लागि मोडर्न भेइकल प्रालि नामक उद्योग खुलेको छ । 

Skip This
Skip This
Logo