माओवादी केन्द्रद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान

माओवादी केन्द्रद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मान गरेका हुन्।  

सो अवसरमा उपाध्यक्ष महराले बुढामगरलाई बधाई दिँदै उनले सञ्चालन गर्न लागेकाे  विश्व शान्ति अभियानमा आफ्नो पार्टीका तर्फबाट सहयोग रहने बताए। आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिका लागि माओवादी नेतृत्वको वर्तमान सरकारले राम्रा काम गर्ने विश्वास व्यक्त गरे। 

घुँडासम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक बुढामगर यही जेठ ५ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए। उनि घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही बनेका छन्। बुढामगरले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन्।

Skip This
Skip This
Logo