अर्थमन्त्री महतकाे प्रष्टिकरण- ‘कतिपय योजना रातो कितावमा छुटेको छ, तर परेको छ’

अर्थमन्त्री महतकाे प्रष्टिकरण- ‘कतिपय योजना रातो कितावमा छुटेको छ, तर परेको छ’

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको प्रष्टिकरण दिएका छन् । 

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसदहरुले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरेको भन्दै रातो कितावमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको बताएका हुन् । 

उनले भने, ‘कतिपय मान्यहरु हाम्रो त आउँदै आएन आयोजना भन्नु भएको छ । हामीले जानी जानी हैन रातो कितावमा आएको छ । छुटेको छ । तर परेको छ । गमगढि नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको छ । ती मध्ये धेरै बजेटहरु बजेट वक्तव्यमा नाम लिन सकिएको छैन् । त्यो म पछि राख्ने छु ।’

अर्थमन्त्री महतले यो बजेटले आउने दिनमा आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने दाबी गरे । ‘यो बजेटले आउने दिनमा अर्थिक वृद्धिको हाम्रो लक्ष्यलाई पुरा गर्छ । पुर्वाधार विकासमा जोड दिएका छौं । पुँजीको सिमितता अझैपनि चुनौतीपूर्ण छ । पर्यटनको क्षेत्रमा ठुलो सम्भावना छ । आफै हामीले पुर्वाधार विकास गर्न जरुरी छ।’

Skip This
Skip This
Logo