गणतन्त्र र संघीयता जोखिममा रहेको रास्वपा नेता झाको टिप्पणी

गणतन्त्र र संघीयता जोखिममा रहेको रास्वपा नेता झाको टिप्पणी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले गणतन्त्र र संघीयता राजनीतिक रुपमा जोखिमपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता झाले जनताले गणतन्त्र र संघीयतालाई घृणाको नजरले हेरेकाले  राजनीतिक रुपमा त्यो निकै जोखिमपूर्ण हुने टिप्पणी गरेका हुन् । नेपाली जनताले नै संघीयता नरुचाएको उनको तर्क छ । 

उनले भने, ‘यसपाली चुनाव ताका गरिएको संर्वेक्षणमा ४२ प्रतिशत मतदाताले चाहिँदैन संघीयता महंगो भयो भनेका थिए । हामीले अझै बुझाउन बाँकी रहेछ । बुझाउन सकिएन भने यसप्रति जनताको घृणा बढ्न थाल्नेछ । त्यो हाम्रो लागि राजनीतीक रुपमा निकै जोखिमपूर्ण हुनेछ । हामीले गरेको उपलब्धिहरुप्रति हामी कृतज्ञ हुन जानिरहेका छैनौं ।’

नेताहरुले नै संघीयताको आवश्यकता र महत्वबारे ठोस धारणा निर्माण गर्न नसकेको उनको भनाई छ । 

Skip This
Skip This
Logo