छुट सुविधा नदिने अस्पताल प्रशासनलाई बन्द गराउने मेयर बालेनको चेतावनी

छुट सुविधा नदिने अस्पताल प्रशासनलाई बन्द गराउने मेयर बालेनको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका मेमयर बालेन्द्र शाह (बालेन)ले कानुनअनुसार छुट नदिने अस्पताल अस्पताल प्रशासन बन्द गराउने चेतावनी दिएका छन्। 

उनले बुधबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,“काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौँ,यदि, मन्त्रीज्यूले सात दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ”

कानुन अनुसार छुट सुविधा उपलब्ध गराउनेतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै मेयर बालेनले छुट सुविधा उपलब्ध गराउन अस्पताल प्रशासनलाई सात दिनको समयसीमा दिँदै उक्त चेतावनी दिएका हुन् । 

 

Skip This
Skip This
Logo