संघीय संसद,प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बुधबार बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बोलाइएकाे छ।
बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशनको सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल हुने छ । बैठक हालसम्म समितिमा परेका उजुरीको सम्बन्धमा छलफल गर्न तथा परेका उजुरीको सम्बोधन के कसरी गर्ने भन्ने विषयलाई लिएर केन्द्रित रहने समितिको उप–सचिव सावित्रा शर्माले जानकारी दिइन्।
उनले भनिन,‘अहिलेसम्म एउटा मात्रै उजुरी परेको छ।आजको बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशनको सम्बन्धमा परेको उजुरीमाथि छलफल हुनेछ।’त्यस्तै,परेको उजुरी बाहेक अन्य विविध विषयमा पनि छलफल गरिने जानकारी उनले दिइन्।































प्रतिक्रिया