कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट

कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट

केन्द्रबिन्दु
0
Shares

सङ्घीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट बिनियोजन गरिएको छ । 

जिल्लागत रुपमा हेर्दा सुर्खेतका स्थानीय तहले सबैभन्दा बढी बजेट पाएका छन् । सुर्खेतका ९ स्थानीय तहका लागि रु चार अर्ब ८८ करोड ३२ लाख बजेट बिनियोजन गरिएको छ । मुगुका कुल चार स्थानीय तहलाई रु एक अर्ब ३९ करोड ६६ लाख बजेट छुट्याइएको छ । 

सङ्घीय सरकारबाट दैलेखका ११ स्थानीय तहलाई रु तीन अर्ब ७१ करोड ४८ लाख, जाजरकोटका सात स्थानीय तहलाई रु दुई अर्ब ६५ करोड ६५ लाख, कालिकोटका नौ स्थानीय तहलाई रु दुई अर्ब ७५ करोड १३ लाख र हुम्लाका सात स्थानीय तहलाई रु एक अर्ब ७१ करोड बजेट बिनियोजन गरिएको छ । 

साथै जुम्लाका आठ स्थानीय तहलाई रु दुई अर्ब ३७ करोड २२ लाख, डोल्पाका आठ स्थानीय तहलाई रु एक अर्ब ८४ करोड ७१ लाख, सल्यानका १० स्थानीय तहलाई तीन अर्ब ४१ करोड ९३ लाख र रुकुमपश्चिमका छ स्थानीय तहलाई रु दुई अर्ब २२ करोड ६३ लाख बजेट बिनियोजन गरिएको छ । 

सङ्घीय सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा बजेट दिएको हो । 

Skip This
Skip This
Logo