सुर्तिजन्य वस्तु, गुलियो पेय पदार्थ र जंग फुडमा करको दायरा बढाउन स्वास्थ्यमन्त्रीको सुझाव

सुर्तिजन्य वस्तु, गुलियो पेय पदार्थ र जंग फुडमा करको दायरा बढाउन स्वास्थ्यमन्त्रीको सुझाव

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले, सुर्तिजन्य पदार्थ, गुलियो पेय पदार्थ र जंग फुडमा करको दायरा बढाउनुपर्ने बताएका छन् । 

बुधबार विश्व धुमपान दिवसको अवसमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन’ कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रममा मन्त्री बस्नेतले जनस्वास्थ्यको लागि सुर्तिजन्य बस्तु, गुलियो पदार्थ र जंक फुडको प्रयोग हानिकारक रहेकाले त्यसको प्रयोगलाई कम गर्न ति वस्तुमा कर बढाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

सुर्तिजन्य वस्तुको प्रयोग घटाउन २० प्रतिशत कर पु-याउनुपर्नेमा जोड दिएका छन् । उनले सरकारले सुर्तिजन्य वस्तुमा १० प्रतिशत मात्रै कर बढाएको प्रति असन्तुष्टि जनाउँदै निर्मम भएर करको दायरा फराकिलो गर्नुपर्ने धारणा राखे । 

उनले भने,‘मैले कम्तिमा २० प्रतिशत कर बढाउन पहल गरेको हो । यसबाट उठ्ने अरबौ अरब पैसा आउँछ,त्यो पैसा मेची देखि महाकाली सम्मका गरिब बिरामीहरु जसले आर्थिक अवस्था कमजोर भएको कारण उपचार गर्न सक्दैनन् उनीहरुको कोषमा कार्यविधि नै बनाएर खर्च गर्न पर्छ, राज्यले जिम्मा लिनै पर्छ । पैसा नभएको कारणले उपचार नपाएर मान्छे मर्ने कुरा राज्यबाट हुने ठूलो अपराध हो ।’

उनले यो विषयमा २० प्रतिशत सम्म कर बढाउनु पर्ने माग गरेपनि सरकारले १० प्रतिशत मात्रै कर बढाएको प्रति असन्तुष्टि जनाउँदै पुन २० प्रतिशत पु-याउन क्याविनेट बैठकमा पहल गरेको पनि उल्लेख गरे । 

संघ प्रदेश र स्थानीय तीनै तह मिलेर सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि कार्य गर्नुपर्ने उनको भनाई छ । उनले अभियानकै रुपमा बारम्बार सुर्तिजन्य पदार्थको प्रयोगमा रोक लगाउन करको दायरा फराकिलो बनाएर निर्मम रुपमा लाग्नुपर्ने भएकाले सोहि हनुसार कार्यक्रम तय गरेको प्रति  त्यसलाई कार्यान्वयन गराउन तल देखि माथि सम्म अपठ्यारो पारिएको आरोप लगाए । 

मन्त्री बस्नेतले मन्त्रालयसंग संम्बद्ध स्वास्थ्य संग सम्बन्धीत राम्रा काम गर्न आफू सधैं तत्पर रहेको उल्लेख गरे । उनले तीनै तहको सरकार मिलेर सुर्तिजन्य, गुलियो पेय पदार्थ तथा जंग फुडको प्रयोगमा कमि ल्याउन काम गर्नुपर्ने भन्दै आम नागरिकलाई त्यस्ता वस्तुको सेवन नगर्न समेत आग्रह गरे । 

Skip This
Skip This
Logo