ए डिभिजन लिगमा आज तीन खेल हुँदै

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (बिहीबार) तीन खेल हुँदैछ। दिउँसो ३ बजे दशरथ रङ्गशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२२ खेलमा २९ अंकसहित आठौँ स्थानमा रहेको एनआरटी आठौँ जितको खोजीमा रहँदा पुलिस दशौँ जितको योजनामा छ। पुलिस २२ खेलमा ३१ अङ्क जोडेर चौँथो स्थानमा छ।

रङ्गशालामा साँझ ६ बजे हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटार आमनेसामने हुनेछन्। २२ खेलमा २८ अङ्क जोडेर दशौँ स्थानमा रहेको मनाङ सातौँ जित निकाल्न चाहन्छ। २२ खेलमा २४ अङ्क जोडेर पुछारमा रहेको खुमलटार आठौँ जितको खोजीमा हुनेछ ।

यस्तै च्यासल खेल मैदानमा दिउँसो ३ बजेदेखि फ्रेण्ड्स क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन्। २२ खेलमा २४ अङ्क जोडेर १३औँ स्थानमा रहेको फ्रेण्ड्स सातौँ जितको खोजीमा हुनेछ। २२ खेलमा २९ अंकसहित नवौँ स्थानमा रहेको हिमालयन आठौँ जित निकाल्ने योजनामा रहनेछ।

Skip This
Skip This
Logo