काठमाडौं ।
पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले बैंकहरुलाई फोर्स मर्जरमा लैजान नहुने बताएका छन् ।
नेपालमा खुल्ला बजार अर्थनीति भित्रिसकेकाले अर्थतन्त्रमा सरकारी हस्तक्षेप गर्न नहुने बताए । मौद्रिक नीतिमा सुझाव दिन बिहीबार नेपाली कांग्रेसको केन्द्रिय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा.महतले यस्तो बताएका हुन् । उनले बैंकलाई इन्सेन्टिभ दिएर पनि बैंकलाई मर्जरमा लैजान सकिने बताए ।
फोर्स गर्दा त्यसले राम्रो परिणाम नदिने डा.महतको भनाइ थियो । वित्तीय क्षेत्रको सुधारका नाममा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ह्वात्तै बढाएको भन्दै त्यसो गर्न नहुने उनको भनाइ थियो । त्यस्तै, विकास बैंक, फाइनान्स कम्पनी तथा लघुवित्त कम्पनीहरुले गाउँगाउँमा पुगेर स–सानो ऋण दिएर गरिबी न्युनिकरणमा पु¥याएको योगदान विर्सन नहुने उनको भनाइ छ ।































प्रतिक्रिया