जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा अगाडी बढिरहेको बताएका छन्। नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उनले उल्लेख गरे।
सुनसरीको सदरमुकाम इनरुवामा बिहीबार जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले देशको परिवर्तनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता,पहिचानसहितको मधेस प्रदेश,सुशासन र समृद्धि सम्भव भएको बताए।
नागरिकलाई शिक्षा, स्वास्थ्यसहित रोजगार दिलाउन लागिपरेको उल्लेख गर्दै उनले जसपा समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीको रूपमा स्थापित भएको बताए।





























प्रतिक्रिया