नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा चीन सहयोग गर्न तत्पर रहेको बताएका छन् ।
शुक्रबार चीन भ्रमण सकेर फर्किएको नेकपा (माओवादी केन्द्र) प्रतिनिधिमण्डलको पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको बताएका हुन् । ‘चीन र नेपालको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन निकै नै चासो देखाएको छ । नेपालमा असल मित्रको हैसियतले शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । सबै कुरा खुलस्त भनिदिनुभयो भने हामीलाई सहयोग गर्न सहज हुन्छ भन्नुभयो ।’ उनले भने ।
जेठ ५ गते १० दिने भ्रमणका लागी गएका माओवादी केन्द्रमा प्रतिनिधिमण्डल १६ गते नेपाल फर्किएको हो । चीन भ्रमण नेपालको लागि निकै नै फलदायी भएको उनको भनाई छ । उनले चीन पञ्चसिलको सिद्धान्त ,संयुक्त राष्ट्रसंघको वडापत्रमा प्रतिवद्ध रहको पनि बताए ।





























प्रतिक्रिया