उपसभामुख इन्दिरा राना मगरले स्वास्थ रहन साइकल संस्कृतिको विकासलाई बढावा दिनु पर्ने बताएकी छिन्। यो संस्कृतिले मुलुकको पर्यटन प्रवर्द्धन हुने उनको दाबी छ।
पर्यावरण स्वच्छ बनाउने उद्येश्यका साथ मनाइएको विश्व साइकल दिवसमा उपसभामुख रानाले साइकल यात्राबाटै पर्यावरण प्रवर्द्धन र देशको पर्यटन विकास हुने बताएकी हुन् । उनले भनिन्,‘हाम्रो जस्तो भूगोलमा सडक नबने पनि साइकल लिएर डाँडाकाँडा जान सक्छौँ। देशको कुनाकुना मात्र होइन,शे–फोक्सुन्डो र सगरमाथाको वेस क्याम्पसम्म पनि साइकल लिएरै जान सकिन्छ। यसमा युवा शक्ति लाग्न आवश्यक छ।’
उपसभामुख रानाले जलवायु परिवर्तनका कारण सुन्दर हिमाल काला पत्थर बन्न थालेको भन्दै चिन्ता प्रकट गरिन्। साथै,बढ्दो जलवायु परिवर्तन न्युनिकरण गर्न पेट्रोलियम पदार्थको खपत घटाउनु पर्ने र यसका लागि साइकल प्रयोगलाई बढावा दिनु पर्ने उनको भनाई थियो । साइकल प्रयोगले आम नागरिकलाई शारिरीक तन्दुरुस्त बनाउने र आर्थिक रुपमा समेत सहज हुने उनको धारणा थियो।
र्याली दरबारमार्गबाट सुरु भएको थियो भने,सुन्धारा,त्रिपुरेश्वर, जमल, दरबारमार्ग, सिटी सेन्टर हुँदै सानो गौचरणमा पुगेको टुंगिएको थियो। र्याली साङ्ग्रीला डेभलपमेन्ट बैंङ्क र साइकल संस्कृति अभियान सञ्जालले संयुक्त रुपमा आयोजना गरेको थियो।































प्रतिक्रिया