भारतीय रेलवेका प्रवक्ता भन्छन्- ‘आर्मर सिस्टम’ हालिएको भए दुर्घटना रोक्न सकिन्थ्यो

भारतीय रेलवेका प्रवक्ता भन्छन्- ‘आर्मर सिस्टम’ हालिएको भए दुर्घटना रोक्न सकिन्थ्यो

केन्द्रबिन्दु
0
Shares

ओडिशाको बालासोरमा भएको दर्दनाक दुर्घटनाले सबैलाई असह्य बनाएको छ। प्राप्त जानकारी अनुसार अहिलेसम्म २ सय ८३ भन्दा बढीको मृत्यु भइसकेको छ भने सयाैँ घाइते भएको खबर आइरहेको छन् ।  

भारतीय रेलवेका प्रवक्ता अमिताभ शर्माले यस रुटमा आर्मर सिस्टम उपलब्ध नभएकाले सम्भावित दुर्घटनाबाट बचाउन नसकिएको बताएका छन् । यो दुर्घटनापछि फेरि कबच चर्चामा आएको छ । किनभने, रेल मन्त्रालयले गत वर्ष कबच प्रविधिको परीक्षण गरेको थियो।

यो प्रविधिले शून्य दुर्घटनाको लक्ष्य हासिल गर्न मद्दत गर्ने रेलवेको दाबी छ। यसबाट सिग्नल जम्प गर्दा ट्रेन स्वतः रोकिनेछ । तर, यो प्रबिधि देशभर जडान गरे ५० लाख रुपैयाँ प्रतिकिलोमिटर लाग्नेछ, त्यसैले यो महंगो पनि छ ।  जानकारीका अनुसार यो प्रणालीले हेड अन कोलिजन, रियर एन्ड कोलिजन र सिग्नल ह्याजार्ड जस्ता तीन अवस्थामा काम गर्छ। 

कबचले ब्रेक फेल भएको अवस्थामा ब्रेकको स्वचालित अनुप्रयोगद्वारा ट्रेनको गतिलाई नियन्त्रण गर्दछ । यसले उच्च फ्रिक्वेन्सी रेडियो कम्युनिकेसन प्रयोग गरेर गतिको जानकारी दिन्छ । जुन एसआईएल (सुरक्षा अखंडता स्तर – ४)  अनुसार नै सुरक्षा प्रमाणनको उच्चतम स्तरवाट काम गर्छ । प्रत्येक ट्र्याकको लागि ट्र्याक र स्टेशन यार्डमा आरएफआईडी ट्यागहरू दिइन्छ, जसले ट्र्याक, ट्रेनहरूको स्थान र ट्रेनको दिशा पहिचान गर्न संकेतहरू दिन्छ।

Skip This
Skip This
Logo