नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्वको विरोध गरेर पार्टी बलियो नहुने बताएका छन् ।
ललितपुरमा नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले आफ्नो नेतृत्वमा पार्टी सबैभन्दा ठुलो पार्टी बनेको भन्दै विरोध गर्न भन्दा काम गरेर पार्टी बलियो बनाउन निर्देशन दिएका हुन् ।
‘नेपाली काङ्ग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ। यो सत्य कुरा हो, अहिले सबै ठाँउमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हार्ने होइन जितेको छ । सानो पार्टी पनि ठूलो पार्टी भएको छ, अब यसलाई अगाडि बढाउनु छ । अझै यसलाई बलियो बनाउनु छ ।’ उनले भने ‘ काम गर्नुस्, पार्टी ठूलो बनाउनु, बलियो बनाउनु, गाली गरेर केही हुनेवाला नै छैन ।’
आफू अब पार्टी सभापति नबन्ने भन्दै नेतृत्वको गाली गर्न भन्दा जनतासंग जान र पार्टी ठुलो बनाउन आश्यक भूमिका खेल्न पनि सभापति देउवाले आग्रह गरे । ‘पार्टी बनाउनको लागि जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतासँग जानुपर्छ, गालि गरेर का पार्टी बन्छ ।’ उनले भने ‘लडाई गर्ने हो ? अहिलेको समय भनेको पार्टीलाई मज्बुद बनाउने हो। मैले पार्टीलाई सहयोग मात्र गर्ने हो । म पार्टी सभापति हुने वाला होईन अब, एकअर्कालाई विरोध गरेर पार्टी बलियो हुदैँन । सबैजना त्यही गरेर बसे भईहाल्यो नि, त्यो कुरा बुझ्नु प-र्यो नि ।’
सबै मिलेर अघि बढ्दा पार्टी शक्तिशाली बन्ने सभापति देउवाको भनाई छ ।































प्रतिक्रिया