उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा थालेको अनुसन्धान खेर जान नदिने प्रतिवद्धता जनाएका छन् ।
शनिवार स्थानीय तहमा निर्वाचित दलित समुदायका जनप्रतिनिधिको प्रथम भेला कार्यक्रममा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमा आफ्नै पार्टीको संलग्नता देखिएपनि कुनै हालतमा छुट नदिने जिकिर गरेका हुन् ।
उनले भने, ‘अहिले आफ्नै देशको नागरिकलाई अनागरिक बनाउँदै नक्कली शरणार्थीको ट्याग लगाएर सम्पत्ति आर्जन गर्नका निम्ति पठाउने योजनाको अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा दोषीमाथि कारवाही होस् भनेर गृह मन्त्रालय तथा प्रहरीले न्यायलयमा पेश गरिसकेका छौं । आशा गर्छाैँ, पीडितहरुलाई न्याय दिने हाम्रो अनुसन्धान खेर जाने छैन । हामीले सुशासनको स्थापना गर्न कुन पार्टी मलाई मतलब छैन् । आज अरु कुनै पार्टीको प-यो भ्रष्टाचार काण्डमा भोली मेरै पार्टीको पर्नसक्छ तर छुट कसैलाई दिने छैन ।’
गृहमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षालाई सुदृढ गर्नका लागि राष्ट्रिय एकता बलियो बनाउन आवश्यक रहेको बताए । अहिले सरकार सुशासनको पक्षमा दृढ कदमहरु चालिरहेको पनि उनको भनाइ थियो ।





























प्रतिक्रिया