महिला टी-२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदैछ। महिला टि-२० को अन्तिम श्रृङ्खलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो।
यसअघि नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो। पहिलो र चौँथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो श्रृङ्खलामा भने विजय हासिल गरेको थियो ।
मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौँथो श्रृङ्खलामा बिजेता बनेपछि नेपाल-मलेसियाका जीत हार बराबर बन्न पुगेको छ। आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन्।































प्रतिक्रिया