राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको संरक्षण र सम्मान गरेका छन्ः काँग्रेस

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको संरक्षण र सम्मान गरेका छन्ः काँग्रेस

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान र संरक्षण गरेको बताएको छ।

काँग्रेसले संसद्ले सबै प्रक्रिया पूरा गरेर पारित र प्रमाणित गरी दोस्रो पटक प्रस्तुत गरेको विधेयक संविधानको धारा ११३ को उपधारा (४) बमोजिम प्रमाणीकरण गर्न पर्ने संवैधानिक प्रावधानलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले बेवास्ता गरेर अलपत्रमा पारेको टिप्पणीसमेत गरेको छ ।

काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्तिमार्फत संसद्को दुवै सदनबाट दुई पटक पारित भई प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन), २०७९ का सम्बन्धमा दुष्प्रचार र संविधानको अपव्याख्या गरिएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘विधेयकमै संविधानको धारा ११३(४) बमोजिम प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सुझाई सबै प्रक्रिया पूरा गरी आएको विधेयक जस्ताको त्यस्तै प्रमाणीकरण गरिएको स्पष्ट विषयको आफू खुसी अर्थ लगाई जनतामा भ्रम फैलाउन खोजिएको कुराले संवैधानिक पथमा बाधा उत्पन्न गर्दछ ।’

हेर्नुहोस् यस्तो छ काँग्रेसको जारी गरेको नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी प्रेस विज्ञप्ति :

 

Skip This
Skip This
Logo