जातीय विभेद अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक छ : राष्ट्रपति पौडेल

जातीय विभेद अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक छ : राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद अन्त्य गर्न सामाजिक चेतना र जागरण तथा कानुनको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहन सरोकारवाला सबैलाई आग्रह गरेका छन्।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा आइतबार सन्देश जारी गरी राष्ट्रपति पौडेलले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका उत्पीडन क्रमशः अन्त्य हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको भन्दै उनले विभेद मानव सभ्यताको कलङ्क भएको उल्लेख गरेका छन्। यसको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन र चेतना र जागरण अभिवृद्धिमा जोड दिनुपर्ने उनको भनाइ छ।

Skip This
Skip This
Logo