नेपाली समाजमा व्यक्तिवादी र भ्रष्टाचारको संस्कृति हावी हुँदै गएकाे छः गृहमन्त्री श्रेष्ठ

नेपाली समाजमा व्यक्तिवादी र भ्रष्टाचारको संस्कृति हावी हुँदै गएकाे छः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा मौलिकता र न्यायको संस्कृति लोप भएर व्यक्तिवादी संस्कृति हावी हुँदै गएको बताएका छन्। 

आगामी भदौदेखि सुरु हुन गएको बाह्र वर्षे मेलाको सन्दर्भमा देवगणहरुको सम्मान कार्यक्रममा उनले समाजमा व्यक्तिवादी र भ्रष्टाचारको संस्कृति हावी हुँदै गएको बताए। उनले संविधान अनुसार समाजवाद उन्मुख संस्कृति र समृद्धिको लक्ष्य पूरा गर्न भ्रष्टाचारको संस्कृतिलाई हटाउने अभियान अघि बढाएको पनि प्रष्ट पारे। 

उनले भने,अहिले हाम्रो यस्तो राम्रो एकता, मौलिक संस्कृति एकातिर छ भने अर्कोतिर भ्रष्टाचारको संस्कृतिले पनि हामीलाई गाँज्न थालेको छ। पहिला यो संस्कृति थिएन। आफ्नो मौलिकता र न्यायको संस्कृति लोप भएर जाने र व्यक्तिवादी संस्कृति हावी हुँदै गएको छ र भ्रष्टाचारको संस्कृति पनि हावी हुँदै गएको छ। त्यसकारण अहिले हाम्रो संविधानले भने अनुसार समाजवाद उन्मुख संस्कृति र समृद्धिको लक्ष्य पूरा गर्न भ्रष्टाचारको संस्कृतिलाई पनि हटाउन विरोधी अभियान अघि बढाउँदै छौँ।’
 
गृहमन्त्री श्रेष्ठले सरकारले भ्रष्टाचारलाई हटाउँदै सुशासन कायम गरेर देशलाई समृद्ध बनाउने एउटा मात्रै उद्देश्य लिएको भन्दै त्यसको लागि देशका सबै जनताले स्वदेशमा नै रोजगारीको सिर्जना गर्न सरकार दृढ रहेको बताए। 
 
उनले आधुनिक संस्कृतिको नाममा नक्कल गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै अहिलेको समाज आफ्नो भाषाभन्दा अरुको भाषा सिकाउँदा गर्व गर्ने समाजको रुपमा विकसित हुँदै गएको बताए। 

उनले भने, हाम्रो आधुनिक संस्कृतिको नाममा नक्कल गर्ने प्रवृत्ति जुन बढ्यो, अंग्रेजी, विज्ञान पढाउने स्कुल खोल्नु राम्रो भयो तर आधुनिक बन्नु भनेको आफ्नो भाषा संस्कृति सबै विर्सिएर अंग्रेजी सिक्नुपर्छ भनेर सिकाउन खोजियो,त्यसको शिकार हामी भयौँ। हामीलाई आफ्नो भाषाभन्दा अरुको भाषा सिकाउँदा गर्व गरियो त्यसको परिणाम स्वरुप हामीले आफ्नो भाषा बोल्न सकेनौँ ।’ 

उनले शोषण र उत्पीडन आर्थिक रुपमा मात्र नभई सांस्कृतिक रुपमा पनि हुने भएकोले नयाँ कुराहरु ग्रहणको साथै आफ्नो मौलिकतालाई पनि बचाउँनु आवश्यक भएको बताए।  

Skip This
Skip This
Logo