प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत दलले नाराबाजी गरेपछि स्थगन गरिएको प्रतिनिधिसभाको बैठक अब सोमबार बस्ने भएको छ ।
नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले नाराबाजी गरेपछि संसद् बैठक स्थगन गरिएको थियो । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री दाहालको हालैको भारत भ्रमणबारे विपक्षी दलहरुले जवाफ मागेका छन् ।
संसद् सचिवालयले विशेष कारणवश आज बैठक बस्न नसकेको र अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने सूचना प्रकाशित गरेको छ।
































प्रतिक्रिया