राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले नेपालमा बहुमत पुर्याउन खोजेका आरोप लगाएका छन् । भारतले नेपाललाई सिक्किम र भुटान बनाउन खोजेको उनको आरोप छ ।
अंगिकृतबाट जन्मिएकालाई बंशजको नागरिकता दिनै नमिल्ने उनले तर्क गरेका छन् । संविधानमै त्यो कुरा राखेर नेपाललाई कमजोर पार्न खोजिएको उनले बताए। 'भारतीय शासकहरुले भनेका छन्- नेपालमा एक करोड भारतीय छन् भनेर। एकातिर भुगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भूटान बनाउन प्रयत्न गरिराखेको छ,’ केसीले भने ।
नेपाललाई हिन्दुराज्य बनाउने मात्रै बनाउने नभई अखण्ड भारतमा समे सामेल गराउने तयारी भारतको रहेको उनले टिप्पणी गरे ।
यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएर आक्रोश पोखिरहेको पनि अध्यक्ष केसीले बताएका छन् । एमालेले पनि यो विधेयक ल्याउन खोजेकोमा त्यसको जस लिन नपाउँदा उसलाई छटपटी भइरहेको उनको भनाइ थियो।































प्रतिक्रिया