चीनमा पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु, पाँच बेपत्ता

चीनमा पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु, पाँच बेपत्ता

केन्द्रबिन्दु
0
Shares

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । 

प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनामा अन्य पाँच जना बेपत्ता भएका स्थानीय सञ्चर विभागले जनाएको छ । शहरको जिनकोहे जिल्लाको योङसेङ टाउनशिपको एक जङ्गल क्षेत्रमा बिहान ६ बजेतिर पहिरो खसेको थियो ।  

घटनापछि बेपत्ताको खोजी गर्न एक सय ८० जनाभन्दा बढीको उद्धार टोली घटनास्थलमा खटाइएको र उनीहरूको खोजीकार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । -सिन्ह्वा

Logo